रवि लामिछानेको सबै पद जोगिए- अब के हुन्छ मुद्दा ? - Himal Post Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

रवि लामिछानेको सबै पद जोगिए- अब के हुन्छ मुद्दा ?



काठमाडौं– सर्वोच्च अदालतको संवैधानिक इजलासले गृहमन्त्री रवि लामिछानेको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशकुमार राउतको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। तर, मुद्दालाई अग्राधिकार दिएर सुनुवाइ गर्ने भनिएको छ।

सर्वोच्चको यो आदेशसँगै लामिछानले नागरिकता र पासपोर्ट विवादमा तत्कालका लागि राहत पाएका छन्। शुक्रबार लामिछानेको योग्यता सम्बन्धी विवाद पहिलो नम्बर पेसीमा थियो।

लामिछानेले अमेरिकी स्थायी परिचयपत्र लिएर पछि त्याग गरेको तर नेपाली नागरिकता लिने प्रक्रिया नै पूरा नगरेकाले उनी सांसद र मन्त्रीको रुपमा काम गर्न नपाउने रिटमा जिकीर गरिएको थियो।