हामीलाई प्रश्न सोध्न उनीहरूलाई लाज लाग्नुपर्छ- रवि लामिछाने - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

हामीलाई प्रश्न सोध्न उनीहरूलाई लाज लाग्नुपर्छ- रवि लामिछाने



काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरुमाथि आलोचना गर्नेहरूको इतिहास र काम हेर्दा त्यस्ता मानिसहरु भ्रष्टाचारको आरोपमा जेल कोच्नुपर्ने खालका भएको बताएका छन् ।

शनिबार तनहुँको चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले भ्रष्टाचार गर्नेहरुले नै रास्वपा र आफ्नो आलोचना गर्ने गरेको बताएका हुन् ।

‘त्यस्ता मानिसहरु हामीलाई प्रश्न गर्छन्, जसलाई त हामीले हाम्रो सरकार बन्यो भने भ्रष्टाचारको आरोपमा जेल कोच्ने भनेर लिस्ट बनाइरहेका छौं । आम नागरिकले सोधेको प्रश्नको जवाफ जहाँ पनि दिन तयार छु । तर, भ्रष्ट मान्छेले सोधेको एउटा पनि प्रश्नको जवाफ दिन्नँ। किनकी तिनलाई त जेल कोच्ने हो’, उनले भने ।

बर्षौंदेखि शासन गर्नेहरूले मुलुकलाई यो अवस्थामा पुर्‍याएकाले उनीहरु जवाफदेही हुनपर्ने बताए । त्यस्ता व्यक्ति र राजनीतिज्ञहरूले आफूलाई प्रश्न गर्न नमिल्ने पनि उनको भनाइ छ ।

‘जनताको भोट लिएर गएर उनीहरुलाई यो देश छोड्न वाध्य बनाउनेहरुले हामीलाई प्रश्न सोध्न लाज मान्नुपर्छ,’ उनले भने । लामिछानेले कैयौं मान्छेहरू आफ्नो हातमा हतकडी लगाउन प्रतिक्षा गरेर बसेको भएपनि त्यसो नहुने बताए ।