भ्रष्टाचारी थुन्नुपर्‍यो भन्दै थिएँ, मैलाई थुन्न लागि परे : रवि लामिछाने - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

भ्रष्टाचारी थुन्नुपर्‍यो भन्दै थिएँ, मैलाई थुन्न लागि परे : रवि लामिछाने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद्मा उभिएर आफूले भ्रष्टाचारीलाई थुन्न भनेर बोल्नासाथ आफूलाई थुन्न तयार भएर निस्किएको बताएका छन् ।

उनले चितवनमा भएको चुनावी सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

लामिछानेले भने, “संसद्मा राम्रा मान्छे पठाऔँ, आफ्नो मिहिनेतको कारणले यहाँसम्म आएको हुँ । अब नेतालाई गाली नगरौँ । एउटा ठाउँमा गएर कसैले कसैलाई गाली गर्यो होला त्यता नलागौँ । राम्रा मान्छे संसद्मा गएभने देश बन्छ ।”

उनले एक महिनामा आफूहरुले गरेको काम बाँकी दलहरुले जीवनभर गर्न नसक्ने बताए । “६ महिनामा २० जना सांसद लिएर गएका छौँ,” उनले भने, “हाम्रा सांसदलाई घुस नखानू भन्न पर्दैन ।”