रविले प्रचण्डलाई भने- खुट्टा नकामाउनु होला, हामी साथमा छौँ - Himal Post Himal Post
  • ११ असार २०८३, बिहीबार
  •      Thu Jun 25 2026
Logo

रविले प्रचण्डलाई भने- खुट्टा नकामाउनु होला, हामी साथमा छौँ



काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्। शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर सभापति लामिछानेले प्रचण्डसँग भेट गरेका हुन्।

भेटमा सभापति लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल खोलेको विषयमा प्रधानमन्त्री प्रचण्डलाई धन्यवाद दिएको उनको सचिवालयले जनाएको छ।

रविका प्रेस संयोजक प्रकाश सिग्देलले भ्रष्टाचारका फाइल खोल्ने विषयमा खुट्टा नकमाउन प्रधानमन्त्रीलाई आग्रह गरेको जानकारी दिए।

‘सरकारले भ्रष्टाचारका फाइल खोल्ने हिम्मत गरेकोमा सभापतिज्यूले धन्यवाद दिनुभयो। उहाँले अन्य भ्रष्टाचारका फाइल खोल्न खुट्टा नकमाउन आग्रह गर्नुभयो,’ उनले भने।

जवाफमा प्रधानमन्त्री प्रचण्डले सरकारलाई सहयोग गर्न आग्रह गरेका थिए। त्यसको जवाफमा रविले राम्रो काममा आफूहरूको सहयोग रहने बताएका थिए ।