रविलाई प्रचण्डको जवाफ- प्रक्रिया बाहिर गएर गृहमन्त्री दिन सक्दिन - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

रविलाई प्रचण्डको जवाफ- प्रक्रिया बाहिर गएर गृहमन्त्री दिन सक्दिन



काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रक्रियाबाट आएपछिमात्रै गृह मन्त्रालयका विषयमा कुराकानी गर्ने जवाफ दिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेले गृह मन्त्रालय नपाए तत्काल सरकार छाड्ने चेतावनी दिएपछि प्रचण्डले यस्तो जवाफ फर्काएका हुन् ।

बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँगको भेटमा निवर्तमान गृहमन्त्री समेत रहेका लामिछानेले गृह नपाए सरकार छाड्ने संकेत गरेको स्रोतले बतायो ।

भेटमा प्रधानमन्त्री दाहालले प्रक्रियाबाट आएपछिमात्रै गृह मन्त्रालयका विषयमा कुराकानी हुने जानकारी गराएका थिए। प्राप्त जानकारीअनुसार आफूहरुको पार्टीले गृह मन्त्रालय नपाए सरकार छाड्ने स्पष्ट संकेत लामिछानेको थियो ।

प्रधानमन्त्रीले प्रक्रियाभन्दा बाहिर गएर गृह मन्त्रालय नदिने अडान राखेका छन् । रास्वपाले भने कुनै निर्णय गरिसकेको छैन ।