गृह, श्रमसँगै दुई मन्त्रालय र उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीलाई - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

गृह, श्रमसँगै दुई मन्त्रालय र उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीलाई



काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा दरिलो उपस्थिति खोजेको छ । पार्टीले उपप्रधानमन्त्रीसहित गृह या भौतिक मन्त्रालय दिनुपर्ने माग सात दलीय गठबन्धनमा राखेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेताका अनुसार यसबाहेक थप श्रमसहित बाँकी दुई मन्त्रालय र उपसभामुखमा दाबी हर्ने बताएका छन् ।

ती नेताका अनुसार गृह मन्त्रालय मागेको र त्यो भएन भने भौतिक मन्त्रालयमा अडान रहने बताए । श्रम मन्त्रालयमा पनि अडान राख्ने उनले बताए ।

उनका अनुसार उपसभामुखमा पनि रास्वपाको दाबी रहेको छ । सभामुख भने नेकपा एमालेले लिने भएको छ ।