एमालेका फरार सांसद कोइरीलाई भगाएकोबारे रवि लामिछानेले खोले संसदमै पोल - Himal Post Himal Post
  • ११ श्रावण २०८३, सोमबार
  •      Mon Jul 27 2026
Logo

एमालेका फरार सांसद कोइरीलाई भगाएकोबारे रवि लामिछानेले खोले संसदमै पोल



काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं सभापति रवि लामिछानले फरार रहेका सांसद लक्ष्मी महतो कोइरी फरार अभियुक्त भएकाले बिरामीको सूचीबाट तत्काल हटाउन विशेष निर्देशनको माग गरेका छन्।

१० दिनभन्दा धेरै बिरामी भई अनुपस्थित भएको सांसदको सूचीमा कोइरीको नाम पनि देखेपछि लामिछानले विशेष समय लिएर यस्तो माग गरेका हुन्।

‘यो मेरो लागि पेचिलो विषय हो। मैले आलोचना खेपेको छु,’ उनले भने, ‘उहाँ बिरामी हैन, फरार अभियुक्त हो। उहाँ फरार रहँदा उहाँको सालोले भगाएको र त्यहाँको प्रहरीले नियन्त्रण लिएको तस्बिरसहित मसँग छ।’

फरार सांसदलाई बिरामी भन्ने हो भने राजनीतिका नाममा लाजनीति नहोस् भन्दै उनले बिरामीप्रति सद्भाव छ तर फरार अभियुक्तमाथि हाम्रो कामना नहोस् भन्ने टिप्पणी गरे। ‘सभामुखबाट विशेष रुलिङ होस्। फरार अभियुक्तलाई बिरामीको संज्ञा दिएर भद्दा मजाक नगरौं। यसलाई रोकियोस्। यसलाई रेकर्डमा रारियो।’