रवि गृहमन्त्री भएकै बेला फरार सांसद कोइरी पक्राउ परेको खुलासा - Himal Post Himal Post
  • ११ असार २०८३, बिहीबार
  •      Thu Jun 25 2026
Logo

रवि गृहमन्त्री भएकै बेला फरार सांसद कोइरी पक्राउ परेको खुलासा



काठमाडौं- नेकपा एमालेका फरार सांसद लक्ष्मी महतो कोइरी पक्राउ परेको खुलासा भएको छ । फरार रहेका कोइरी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं सभापति रवि लामिछाने गृहमन्त्री भएकै बेला भारतमा पक्राउ परेको खुलेको हो ।

शुक्रबार संसदमा फरार रहेका सांसद कोइरीबारे प्रश्न उठेपछि यसबारे खुलासा भएको हो । एमालेले फरार अभियुक्त कोइरीलाई बिरामी भनेपछि उनलाई बिरामीको सूचीबाट तत्काल हटाउन आवाज उठेको छ ।

१० दिनभन्दा धेरै बिरामी भई अनुपस्थित भएको सांसदको सूचीमा कोइरीको नाम पनि देखेपछि रवि लामिछानले विशेष समय लिएर उनी पहिले नै पक्राउ परेको तर आफन्तको सहयोगमा भारत भगाइएको बताएका थिए। उनले संसदमा उनी पक्राउ परेको फोटो देखाउँदै यस्तो खुलासा गरेका हुन् ।

‘यो मेरो लागि पेचिलो विषय हो। मैले आलोचना खेपेको छु,’ उनले भने, ‘उहाँ बिरामी हैन, फरार अभियुक्त हो। उहाँ फरार रहँदा उहाँको सालोले भगाएको र त्यहाँको प्रहरीले नियन्त्रण लिएको तस्बिरसहित मसँग छ।’

फरार सांसदलाई बिरामी भन्ने हो भने राजनीतिका नाममा लाजनीति नहोस् भन्दै उनले बिरामीप्रति सद्भाव छ तर फरार अभियुक्तमाथि हाम्रो कामना नहोस् भन्ने टिप्पणी गरे। ‘सभामुखबाट विशेष रुलिङ होस्। फरार अभियुक्तलाई बिरामीको संज्ञा दिएर भद्दा मजाक नगरौं। यसलाई रोकियोस्। यसलाई रेकर्डमा रारियो।’