रवीले भने- पार्टीभित्र कोही पनि तलमाथि छैनन् - Himal Post Himal Post
  • २४ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 7 2026
Logo

रवीले भने- पार्टीभित्र कोही पनि तलमाथि छैनन्



राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समानुपातिक प्रणालीतर्फबाट संघीय सांसद चयनलाई लिएर पार्टीमा हाल जारी विवादलाई गज्जब भएको बताएका छन्।

बिहीबार काठमाडौंबाट भरतपुर पुगेका उनले त्यहाँस्थित विमानस्थलमा पत्रकारहरुलाई प्रतिक्रिया दिँदै यस्तो बताएका हुन्।

उनले बढी मत आएकालाई छाडेर कम मत पाउनेलाई समानुपातिक सांसद बनाउन लागेको भन्दै बन्दसूचीमा रहेकाले रास्वपा कार्यालयमा गरेको विरोध गज्जब भएको उल्लेख गरे।

उनले रास्वपाभित्र कसैलाई पक्षपता नहुने पनि बताएका छन्। ‘पार्टीभित्र कोही पनि तलमाथि छैनन्’, उनले भने, ‘मैले नै खबरदारी गर्नुस् भनेको छु, जे भन्छ त्यो मान्नुपर्छ भन्ने छैन, कोही आत्तिनुपर्ने पनि अवस्था पनि छैन।’