रवि लामिछाने एकाएक किन पुगे दिल्ली ? - Himal Post Himal Post
  • २२ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 5 2026
Logo

रवि लामिछाने एकाएक किन पुगे दिल्ली ?



काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत पुगेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमै रहेका बेला सभापति लामिछाने भारत गएका हुन्।

उनी हिजो भारत गएको लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलले जानकारी दिए। सिग्देलका अनुसार श्रीमती निकिता पौडेलका साथ लामिछाने भारतको मुम्बई गएका हुन्। मुम्बईमा पारिवारिक भेटघाटमा गएको सिग्देलको दाबी छ।

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेकै दिन र प्रधानमन्त्री दाहाल भारत भ्रमण मै रहेका बेला लामिछानेको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

लामिछानेसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका भाई एवं विश्व हिन्दू महासंघको भारत देशीय राष्ट्रिय अध्यक्ष प्रह्लाददास दामोदर राव मोदीले नेपाल मै आएर भेट गरेका थिए।

नेपालमा भारतले हिन्दू राष्ट्र बनाउन चर्को दबाब दिएको भन्दै अमेरिकी रिपोर्ट सार्वजनिक भएका छन्।