रास्वपा प्रवेश गर्ने तयारीमा कांग्रेस नेता जगन्नाथ पौडेल - Himal Post Himal Post
  • १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
Logo

रास्वपा प्रवेश गर्ने तयारीमा कांग्रेस नेता जगन्नाथ पौडेल



काठमाडौं- चितवनका पुराना कांग्रेस नेता जगन्नाथ पौडेल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा प्रवेश गर्ने तयारी थालेका छन् । पछिल्लो स्थानीय तहको निर्वाचनपछि कांग्रेस छोडेका नेता पौडेलको यस्तो निर्णयले चितवन कांग्रेसलाइ धक्का लाग्ने भएको छ ।

गत वैशाख ३० मा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा भरतपुर महानगरपालिका प्रमुखमा बागी उम्मेदवारी दिएपछि निलम्बनमा परेका उनले पार्टी नै छोडेका थिए ।

अहिले भने वैशाख १० मा हुने संसदीय उपनिर्वाचनमा भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई समर्थन गर्ने निर्णय गरेका छन् । चितवनमा रास्वपाका तर्फबाट सभापति रवि लामिछाने उम्मेदवार छन् । यसपाली पौडेलले पनि उनलाई सघाउने बताएका छन् ।

भर्खरै मात्रै नेपाली कांग्रेसका युवा नेता स्वर्णिम वाग्लेले कांग्रेस छोडेर रास्वपा प्रवेश गरिसकेका छन् । उनकै सिको गर्दै पौडेलले पनि रास्वपा जाने तयारी थालेका हुन् । नेपालको अहिलेको अवस्थाले रवि जस्तो नेता खोजेको उनले बताउने गरेका छन् ।

नेता पौडेलले आफ्ना समर्थकहरूलाई रविलाई मतदान गर्न उर्दी जारी गरिसकेका छन् । चितवनमा कांग्रेसका पुराना कार्यकर्ता उनलाई विश्वास गर्ने गर्छन ।

स्थानीय सदस्य तह निर्वाचनमा पौडेलले १४ हजार ७२८ मत ल्याएका थिए । यद्यपि अहिले उनको समूहबाट दिनेश कोइराला, भीमबहादुर श्रेष्ठ, टेकबहादुर गुरुङहरू छुटेका छन् ।

अहिले रविलाई समर्थन गरेका उनले उपनिर्वाचन लगत्तै रास्वपा प्रवेश गर्ने तयारी थालेका हुन् ।