राष्ट्रिय सभाको मतदान शुरु, तारालामा तामाङ्ले गरे पहिलो मतदान - Himal Post Himal Post
  • १२ पुष २०८१, शुक्रबार
  •      Fri Dec 27 2024
Logo

राष्ट्रिय सभाको मतदान शुरु, तारालामा तामाङ्ले गरे पहिलो मतदान



डोटी  ।। सात नम्वर प्रदेशबाट छानिने राष्ट्रिय सभाका सदस्यका लागि बुधबार यहाँ मतदान शुरु भएको छ ।
सिलगढीको पदमपव्लिक माध्यामिक विद्यालयमा भइरहेको चुनावमा एमाले कञ्चनपुरका अध्यक्ष तारा लामा तामाङले पहिलो मतदान गरेका छन । उनले १० बजेर पाँच मिनेटमा मतदान गरेका हुन ।
सात नम्वरका अधिकांश मतदाताहरु मंगलवार नै डोटीको सदरमुकाम सिलगढी पुगिसकेका थिए । चुनावमा लागि स्थानीय तहका प्रमुख÷उपप्रमुख र प्रदेश सभाका सदस्य गरेर दुई सय २९ जना मतदाता छन ।

चुनावमा लागि स्थानीय तहका प्रमुख÷उपप्रमुख र प्रदेश सभाका सदस्यको मतभार भने फरक रहेको छ । स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार समान १८ छ भने प्रदेश सभाका सदस्यको मतभार ४८ कायम गरिएको छ ।

सात नम्वरबाट तीन पुरुष र तीन महिला गरेर छ जना निर्विरोध भइसकेका छन । आज दलित र अल्पसंख्यक/अपांगतर्फका दुई सदस्यका लागि मात्रै निर्वाचन भइहरेको छ । एमाले र माओवादी मिलेर बनेको बाम गठबन्धन र काग्रेसकावीच चुनाव भइरहेको छ । दलितमा एमालेका चक्र स्नेही र कांग्रेसका शेरीराम पार्कीवीच प्रतिस्पर्धा भइरहेको छ । भने अल्पसंख्यक÷ अपांग कोटामा माओवादीका महेशकुमार महरा र कांग्रेसका छत्रराज जोशीका विचमा प्रतिस्पर्धा छ । इनेपाल पोस्टबाट