भोलि राष्ट्रियसभा निर्वाचन : ३२ सदस्यका लागि ५२ को प्रतिस्पर्धा - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

भोलि राष्ट्रियसभा निर्वाचन : ३२ सदस्यका लागि ५२ को प्रतिस्पर्धा



बुटवल । ६ वटा प्रदेशमा बुधबार राष्ट्रियसभा सदस्यको निर्वाचन हुने भएको छ । २ नम्बर प्रदेशमा सवै सदस्य निर्विरोध भएपछि बाँकी प्रदेशमा मात्र निर्वाचन हुन लागेको हो । निर्वाचन आयोगले बुधबार हुने राष्ट्रिय सभा निर्वाचनको सम्पुर्ण तयारी पुरा भएको र ६ वटा प्रदेशमा मात्रै निर्वाचन हुने जनाएको छ ।

बुधबार बिहान १० देखि ३ बजेसम्म हुने निर्वाचनका लागि आवश्यक सवै व्यवस्थापन भइसकेको आयोगले जनाएको छ ।२ नम्बर प्रदेश अरु प्रदेशमा दुई वटाका दरले १२ वटा मतदान केन्द्र तोकेको निर्वाचन आयोगले जनाएको छ ।

२ नम्बर बाहेकका अन्य प्रदेशमा पनि १६ जना निर्बिरोध निर्वाचित भइसकेकाले निर्वाचनबाट छानिने ५६ मध्ये ३२ सदस्य पदका लागि मात्र बुधबार निर्वाचन हुनेछ ।

आयोगका अनुसार ३२ सदस्य पदका लागि ५२ जना प्रतिस्पर्धामा उत्रिएका छन् । बहुमतीय र एकल संक्रमणीय निर्वाचन प्रणालीका आधारमा हुने यो निर्वाचनका लागि चार वटा मतपत्रको व्यवस्था गरिएको आयोगले जनाएको छ ।