राष्ट्रिय सभाको उपाध्यक्षमा दाहाल - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

राष्ट्रिय सभाको उपाध्यक्षमा दाहाल



काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्षमा माओवादी केन्द्रकी शशीकला दाहाल निर्वाचित भएकी छिन्।

कूल ५९ मध्ये ५६ जना सदस्य उपस्थित राष्ट्रिय सभामा दाहालको पक्षमा ४५ मत परेको थियो भने विपक्षमा ११ मत परेको थियो।

दाहाललाई दीनानाथ शर्माले प्रस्ताव गरेका थिए भने दिलकुमारी रावलले समर्थन गरेकी थिइन्। दाहालविरुद्ध कांग्रेसले विन्दादेवी आले रानालाई उम्मेदवार बनाएको थियो।

राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले पनि माओवादी केन्द्रका उम्मेदवार दाहाललाई समर्थन गरेको थियो।