राष्ट्रपतिको अवस्था गम्भीर, एयर एम्बुलेन्समार्फत भारत लाने तयारी - Himal Post Himal Post
  • ११ असार २०८३, बिहीबार
  •      Thu Jun 25 2026
Logo

राष्ट्रपतिको अवस्था गम्भीर, एयर एम्बुलेन्समार्फत भारत लाने तयारी



अक्सिजनको मात्रा कम भएपछि अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लाने तयारी गरिएको छ।

राष्ट्रपति पौडेललाई मंगलबार बिहान महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। अवस्था गम्भीर हुँदै गएपछि उनलाई थप उपचारको लागि भारत लैजाने तयारी भएको बताइएको छ ।

राष्ट्रपति पौडेलको पेटमा इन्फेक्सन देखिएको छ। पौडेलको थप उपचारका लागि बुधबार बिहान एयर एम्बुलेन्समार्फत भारत लाने तयारी भएको अस्पताल स्रोतले जानकारी दिएको छ।

राष्ट्रपति पौडेललाई ग्यास्ट्रिकको समस्या देखिएपछि पाँच दिन अघिमात्र शिक्षण अस्पतालमा भर्ना गरिएको थियो।