छोरी बलात्कार गर्ने पक्राउ - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

छोरी बलात्कार गर्ने पक्राउ



विशाल पाण्डेय/कञ्चनपुर

आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा कञ्चनपुरमा एकजना पक्राउ परेका छन् । पुनर्वास नगरपालिका -१ मा आफ्नै छोरी बलात्कारको आरोपमा ३९ वर्षीय हर्क बहादुर (नाम परिवर्तन) लाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

आफ्नै छोरीमाथि बलात्कार भएको भनी परिवारबाट इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा उजुरी परेपछि हर्क बहादुर (नाम परिवर्तन) लाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ । मङ्गलबार राति करिब १० बजेतिर आफ्नै छोरीलाई बलात्कार गरिरहेको देखेपछि श्रीमती(पीडितकी आमा)बाट कुरो बाहिर आएको प्रहरीले जनाएको छ ।

बलात्कारको आरोपमा पक्राउ परेका हर्क बहादुर (नाम परिवर्तन)लाई सेती अञ्चल अस्पतालमा मेडिकल चेकजाँच पछि हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।