रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने कांग्रेसको निर्णय - Himal Post Himal Post
  • ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
Logo

रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने कांग्रेसको निर्णय



काठमाडौँ- नेपाली कांग्रेसले राष्ट्रपतिको उम्मेदवार रामचन्द्र पौडेललाई बनाउने निर्णय गरेक छ । शनिबार बिहान बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेक हो ।

सभापति शेरबहादुर देउवाले पौडेललाई राष्ट्रपतिको उम्मेदवारमा प्रस्ताव गरेपछि सर्वसम्मतले पारित गरेको कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

राष्ट्रपतिमा कृष्ण प्रसाद सिटौलाले पनि दाबी गरेका थिए ।

कांग्रेसको १४ औँ महाधिवेशनमा तटस्थ बसेर सभापति शेरबहादुर देउवालाई सहयोग गरेका पौडेलले संसदीय दलको चुनावमा पनि प्रस्तावक नै बसेका थिए । त्यतिबेलादेखि नै पौडेललाई राष्ट्रपति बनाउने देउवाले आश्‍वासन दिएका थिए ।

राष्ट्रपति निर्वाचनमा कांग्रेसका उम्मेदवारले सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी, जनमत, लोकतान्त्रिक समाजवादी, नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चाले समर्थन गर्ने शुक्रबार साँझको बैठकले निर्णय गरिसकेको छ ।