राष्ट्रपति रामचन्द्र पौडेललाई के भएको हो ? - Himal Post Himal Post
  • ११ असार २०८३, बिहीबार
  •      Thu Jun 25 2026
Logo

राष्ट्रपति रामचन्द्र पौडेललाई के भएको हो ?



राष्ट्रपति रामचन्द्र पौडेलको अक्सिजनको मात्रा कम भएपछि अस्पताल भर्ना गरिएको छ।

सचिवालय स्रोतका अनुसार आज बिहान अक्सिजनको मात्रा कम भएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको हो।

स्वास्थ्य अवस्था जटिल भएपछि उपचारका लागि बाहिर लैजाने कुरा भए पनि राष्ट्रपति पौडेलले नमानिरहेको स्रोतले बताएको छ।

राष्ट्रपति पौडेललाई ग्यास्ट्रिकको समस्या देखिएपछि पाँच दिन अघिमात्र शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। हिजो (सोमबार) पनि फलोअपका लागि राष्ट्रपति पौडेल बिहान अस्पताल पुगेका थिए।