राष्ट्रपति पौडेललाई के भयो ? किन गए टिचिङ हस्पिटल ? - Himal Post Himal Post
  • २२ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 5 2026
Logo

राष्ट्रपति पौडेललाई के भयो ? किन गए टिचिङ हस्पिटल ?



राष्ट्रपति रामचन्द्र पौडेल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराएका छन्।

राष्ट्रपति शिक्षण अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराएकाे अस्पतालका कार्यकारी निर्देशक प्रोफेसर डा दिनेश काफ्लेले जानकारी दिए। उनका अनुसार डा. निरज बमसहितको चिकित्सकको टोलीले राष्ट्रपतिको स्वास्थ्य परीक्षण गरेको थियो। उनले भने, ‘राष्ट्रपतिको नियमित स्वास्थ्य परीक्षण गरियो। विभिन्न परीक्षण भएको छ।’

त्यसैगरी राष्ट्रपति पौडेलको शिक्षण अस्पताल परिसरको बिपी कोइराला लाइन्स आँखा अध्ययन केन्द्रमा आँखा जाँच पनि गराएका हुन्। प्रा. डा. सगुन जोशीले राष्ट्रपतिको आखा परीक्षण गरेका थिए।