अमेरिका रहंदै आएकी सृजना साधक राखी गौचन अब संगीत यात्रामा (भिडियो) - Himal Post Himal Post
  • २२ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 5 2026
Logo

अमेरिका रहंदै आएकी सृजना साधक राखी गौचन अब संगीत यात्रामा (भिडियो)



काठमाडौं, ११ भदौ

साहित्यका बिबिध बिधामा कलम चलाउँदै आएकी राखी गौचनले नेपाली सांगितीक क्षेत्रमा पनि यात्रा सुरु गरेकी छन् । अमेरिकाको क्यालिफोर्नियामा रहँदै आएकी गौचनको बजारमा आउने अन्तिम तयारीमा रहेको एल्वम ‘रहर’ भित्रको ‘मान्छे नै हुँ म पनि त’ बोलको गीत सार्वजनिक भए संगै नेपाली संगीतकका लागि शशक्त गीतकारको आगमन भएको देखिएको छ ।

गाायिका बानिका प्रधानको आवाजमा रहेको ‘मान्छे नै हुँ म पनि त’ गीत दिनेश शुब्बाको संगीत र गोपाल रसाईलीको संगीत संयोजनमा बजारमा आएको हो । संगीत गुरु भानुभक्त ढकाल र श्याम बागदासले रेकर्डिस्टको जिम्मेबारी सम्मालेको यो गीतले प्रेमको गहिरो अभिब्यक्ती जीवन दर्शनलाई बोकेको छ ।

गीतमाथी बनेको भिडियोलाई सरल तरिकाले कलात्मक बनाईएको छ जुन गीतकार राखी गौचनकै युटुव च्यानल मार्फत भर्खरै सार्वजनिक गरिएको छ ।