राजु लामा तेजाव आक्रमणमा परेकी 'फ्यान' भेट्न अस्पतालमै पुगेपछि... - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

राजु लामा तेजाव आक्रमणमा परेकी ‘फ्यान’ भेट्न अस्पतालमै पुगेपछि…



काठमाडौं : तेजाब आक्रमणमा परेकी वीरगंजकी १४ वर्षीया मुस्कान खातुनको अहिले कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ। एक युवकले प्रेम प्रस्ताव अस्विकार गरेको आरोपमा एसिड प्रहार गरिएकी उनि यतिबेला निकै पिडामा छिन ।

पिडामा छटपटाइरहेकी मुस्कानको धेरै दिनदेखि गुमेको मुस्कान त्यतिखेर खुल्यो जतिबेला चर्चित गायक राजु लामा उनलाई भेट्न अस्पतालमा पुगे । राजु लामा उनका कुनै नातेदार वा आफन्त होइनन, यो भन्दा अगाडी उनले मुस्कानलाई चिनेका पनि थिएनन, चिनेकी थिईन त मात्र मुस्कान खातुनले त्यो पनि राजु लामाका गीत सुनेर। उनि राजु लामाकी फ्यान मात्र थिईन्।

हाल राजु लामा ‘द भ्वाइस अफ नेपाल’का कोच पनि हुन। उनका ब्यबाहारले त्यहाँ पनि लाखौँ दर्शकका दिलमा बास बनाएको छ।

जब राजु लामाका ब्याण्ड मेम्बरले राजुलाई मुस्कान खातुन उनको डाइ हार्ट फ्यान भएको र उनि अस्पतालको शैयामा छटपटाइरहेको बताए राजुले मन थाम्न सकेनन। र पुगे किर्तिपुर अस्पतालको शैयामै मुस्कानको अनुहारमा मुस्कार झार्न। मुस्कान खातुन पनि उनलाई देखेर निकै खुशी भईन।

राजु लामाले उनलाई भेट मात्र गरेनन उनलाई आफ्नो कर्णप्रिय गीत पनि सुनाए । ‘तिमीलाई देखेर हिमाल हाँसेको’ बोलको गीत सुनाएर मुस्कानको अनुहारमा मुस्कान ल्याईछाडे। द भ्वाइसको कोचको रूपमा निक्कै तारिफ र दर्शकको मायाँ बटुलेका लामाले मुस्कान खातुनलाई भेटेर अस्पतालमै गीत गएको भिडियो सामाजिक सञ्जालमा भाइरल भैरहेको छ।