राजु लामाले ‘साइबर क्राइम’को मुद्दा हाल्ने - Himal Post Himal Post
  • ३ श्रावण २०८३, आईतवार
  •      Sun Jul 19 2026
Logo

राजु लामाले ‘साइबर क्राइम’को मुद्दा हाल्ने



काठमाडौं- चर्चित गायक राजु लामा सामाजिक संजाल गलत प्रयोग गर्नेहरूको शिकार बनेका छन्।

गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल-२’ का कोचका रूपमा समेत रहेका गायक राजु लामा यतिबेला समाजिक सञ्जालमा आफ्नो फेक आइडी बनाएर गलत प्रयोग गर्नेहरू विरुद्ध साइबर क्राइमको मुद्दा हाल्ने तयारी गरिरहेका छन् ।

प्रविधिको उच्च प्रयोग भैरहेको हालको विश्वमा यस्ता थुप्रै घटना दिनहु घटिरहेका छन् । प्रयोगसँगै समाजिक सञ्जालको दुरुपयोग गरी फाइदा उठाउन खोज्नेको संख्यो बढ्दो छ।

गायक लामाको नाम पनि सामाजिक सञ्जालमा दुरुपयोग भएको पाइएको छ।

यस्तो कार्यबाट दिक्क मान्दै राजु लामाले शुक्रबार आफ्नो वास्तविक फेसबुक अकान्टमार्फत् चेतावनीस्वरुप स्टाटस लेखेका छन्।

जहाँ उनले आफ्ना शुभचिन्तक र समर्थकलाई सजक गराएका छन्। यदि उनीहरूले यस्तो कार्य न सच्च्याए मुद्दा हाल्ने पी चेतावनी दिएका छन् ।

फेसबुक आइडी, पेज तथा युट्युवमा समेत बनाइएको विभिन्न १६ फेकअकाउन्ट देखाएर गायक लामाले शुभचिन्तकलाई सजक बनाएका छन्।

उनले १६ वटा फेकअकान्टको स्क्रिन–सट सार्वजनिक गर्दै लेखेका छन्, ‘कृपया यी आइडीहरूबाट फेसबुक र युट्युवमा म (राजु लामा) बनेर पोस्ट, कमेन्ट वा म्यासेज आएमा अस्वीकार गर्नुहोला र, उनीहरूलाई फेक आइडी प्रयोगमा हतोत्साहित गर्नुहोला।

यी कुनै पनि अकाउन्ट मेरा आधिकारिक होइनन्। यिनीहरू सबै हटाउन आग्रह गर्दछु। यदि नहटाएमा तुरुन्त ‘साइबर क्राइम’ मुद्दामा जाने जानकारी गराउँछु।

सामाजिक सञ्जालको सही सदुपयोग गर्न र दुरुपयोग हुन नदिन सबैमा अनुरोध गर्दछु। सबै कुराको एउटा हद हुन्छ। कसैले कसैको परिचयको दुरुपयोग नगरौं।’