राजेन्द्र महतोले पनि हारे चुनाव - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

राजेन्द्र महतोले पनि हारे चुनाव



सर्लाही-२ बाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार महेन्द्र राय यादव निर्वाचित भएका छन्।

उनी लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार राजेन्द्र महतोलाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्। जिल्ला निर्वाचन कार्यालय सर्लाहीका अनुसार यादव २२ हजार ६३१ मत प्राप्त गरेका छन्।

त्यस्तै, उनका प्रतिस्पर्धी लोसपाका उम्मेदवार महतोले २० हजार १६५ मत प्राप्त गरेका छन्। सर्लाही-२ मा ७२ हजार ३३ मत खसेको थियो भने तीन हजार ७९७ मत बदर भएको थियो।