राजस्व संकलन को लक्ष्य पूरा - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

राजस्व संकलन को लक्ष्य पूरा



बुटवल । आन्तरिक राजस्व कार्यालय भैरहवाले चालू आर्थिक वर्ष २०७४÷७५ को प्रथम अर्धवार्षिक अवधिका लागि तोकिएको राजश्व संकलन लक्ष्य पूरा गरेको छ ।

कार्यालयले आवको पुष मसान्तसम्ममा ३ अर्ब ९१ करोड ६१ लाख ६८ हजार राजश्व संकलन गर्दै लक्ष्य पूरा गरेको हो । यो तोकिएको लक्ष्यको एक सय दशमलव १२ प्रतिशत हो ।

पुससम्म कार्यालयले ३ अर्ब ९१ करोड ११ लाख ४३ हजार राजस्व संकलन गर्ने लक्ष्य पाएको थियो । कार्यालयलाई गत आर्थिक वर्षको भन्दा करिब २८ प्रतिशत बढी लक्ष्य निर्धारण गरिएकोले लक्ष्य पुरा गर्न निकै चुनौतिपूर्ण मानिए तापनि अथक प्रयासका बाबजूद लक्ष्य पूरा भएको आन्तरिक राजश्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत अर्जुन ढुंगानाले बताए ।

राजस्व संकलनका दृष्टिले पुष महिनालाई निकै महत्वपूर्ण मानिन्छ । राजस्व संकलनलाई प्रभावकारी बनाउन राजस्व कार्यालय भैरहवाले पुष महिनाको अन्तिम हप्तामा शनिबार तथा सार्वजनिक विदाका दिनमा समेत कार्यालय तथा राजस्व संकलन गर्ने बैंक खुला राखेर करदातालाई सेवा पु¥याएको थियो ।

कार्यालयको तथ्यांक अनुसार चालू आर्थिक वर्षको प्रथम अर्धबार्षिक अबधि पुष मसान्तसम्ममा अन्तशुल्क २ अर्ब ८२ करोड ७४ लाख ४० हजार, आयकर ५४ करोड १३ लाख ६९ हजार, मूल्य अभिबृद्धि कर ४८ करोड ३७ लाख ७५ हजार, बहाल कर २ करोड ८१ लाख ४६ हजार, स्वास्थ सेवा कर २४ लाख ८१ हजार, शिक्षा सेवा शुल्क ४९ लाख ४२ हजार र अन्य २३ लाख ३२ हजार राजस्व संकलन भएको छ ।

कार्यालयका अनुसार साउन महिनामा ३३ करोड २८ लाख, भादैमा ३८ करोड ३७ लाख, असोजमा ६७ करोड ३१ लाख, कार्तिकमा ७० करोड ७५ लाख, मंसिरमा ७९ करोड ३५ लाख र पुष महिनामा १ अर्ब २ करोड ५७ लाख राजस्व संकलन भएको प्रमुख कर अधिकृत ढकालले बताए ।

कार्यालयले चालू आर्थिक वर्षमा ९ अर्ब ६२ करोड ९९ लाख ६५ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । गत वर्षमा विभिन्न अवधिमा भएको राजस्व संकलन दर तथा यस वर्षको वृद्धिदरका आधारमा बार्षिक राजस्व संकलन लक्ष्य अनुरूप नै हुने प्रक्षेपण गरिएको ढकालले बताए ।