स्ववियू नेता जेल चलान - Himal Post Himal Post
  • ३० जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 13 2026
Logo

स्ववियू नेता जेल चलान



काठमाडौँ- बलात्कारको आरोप लागेका रत्नराज्य क्याम्पसका स्ववियू सहसचिव इन्द्रहाङ राई पुर्पक्षका लागि जेल चलान भएका छन्।

काठमाडौँ जिल्ला अदालतले राईलाई कारागार पठाउने आदेश गरेको हो।

तिहारको समयमा देउसी भैलो खेल्नेक्रममा राईले एक युवतीलाई जबर्जस्ती करणी गरेको आरोप लागेको थियो।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश विनोदकुमार पोखरेलको इजलाशले बिहीवार उनलाई थुनामा पठाउने आदेश दिएको थियो।

महानगरीय प्रहरी वृत, बौद्धले यस घटनाको अनुसन्धान गरेको थियो। राई, सत्तारुढ दल नेकपानिकट विधार्थी संगठन अनेरास्ववियूका केन्द्रीय सदस्यसमेत हुन्।