उन्नत जातको राँगा वितरण - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

उन्नत जातको राँगा वितरण



घनश्याम पौडेल / अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका पशु सेवा शाखाको आयोजनामा नगरपालिकाका १० वटै वडामा उन्नत जातको निःशुल्क राँगा वितरण गरेको छ ।

नगरपालिकाका कार्यवाहक नगर प्रमुख खडानन्द बेल्वासेले छनोट भएका १० कृषकलाई हस्तान्तरण गरे । राँगा वितरण गर्दै बेल्वासेले नगरपालिकाको सम्पत्ति नसम्झी आफनो सम्पत्ति सम्झिएर मिहिनेतका साथ पाल्न आग्रह गर्दै नगरपालिकाले अनुगमन गरिरहने बताए ।
जिल्ला पशु सेवा कार्यालयका प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा. लोकनाथ पौडेलले राँगा पाल्ने तरिका कृषकलाई जानकारी गराए । उनले ५ लाख २४ हजार बराबरको राँगा निःशुल्क नगरपालिकाले बाँडेकोमा जिल्ला पशु सेवा कार्यालयको तर्फबाट धन्यवाद दिए ।
प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्याल, जिल्ला पशु सेवा कार्यालयका पशु चिकित्सक विष्णु पौडेल, पत्रकार घनश्याम पौडेललगायतले मन्तव्य राखेको कार्यक्रममा वडा अध्यक्षहरू, राँगा पालन गर्ने कृषकहरूको सहभागिता रहेको थियो ।
कार्यक्रम भूमिकास्थान ८ का वडा अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षता र नगरपालिकाका पशु शाखा संयोजक सुन्दर विकको सञ्चालनमा सम्पन्न भएको हो ।