महेन्द्र यादव र रघुवीर महासेठबीच उछिनपाछिन - Himal Post Himal Post
  • २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
Logo

महेन्द्र यादव र रघुवीर महासेठबीच उछिनपाछिन



काठमाडौं । धनुषा क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवसँग र नेकपा एमालेका सचिव रघुवीर महासेठले मतान्तर घटाएका छन् ।

कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवले ३१ हजार ३१६ मत पाएका छन् । मतगणना सुरु भएदेखि नै अघि पछि भइरहेका एमालेका सचिव महासेठले ३१ हजार २१ मत पाएका छन् ।

महासेठ २९५ मतले पछि छन् ।उनीहरुबीच निकै रोचक प्रतिस्पर्धा भइरहेको छ ।

सोमबार बिहानदेखि ७ देखि ९ सय मतले पछिपरिरहेका महासेठले घटाएर अहिले २९५ मा झारेका छन् । अब मिथिला नगरपालिका ११ को मात्र गणना बाँकी छ ।