धनुषा ४- स्वात्तै घटाए रघुबीर महासेठले मतान्तर - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

धनुषा ४- स्वात्तै घटाए रघुबीर महासेठले मतान्तर



धनुषा क्षेत्र नम्बर ४ को मतगणना अन्तिम चरणमा पुगेको छ। निर्वाचन अधिकृत सुदिप कुमार दंगालका अनुसार त्यहाँ अब एउटा वडाको मात्र मतगणना बाँकी छ।

दंगालका अनुसार अहिले नेपाली कांग्रेसका उम्मेदवारले अग्रता कायम राखेका छन्। कांग्रेस उम्मेदवार महेन्द्र यादवले ३१ हजार १ सय १६ मत प्राप्त गरेको उनले बताए।

उनलाई एमाले उम्मेदवार रघुबीर महासेठले पछ्याइरहेका छन्। उनले ३१ हजार २१ मत प्राप्त गरेको दंगालले नेपालखबरलाई बताए। उनीहरुबीचको ९५ मतको अन्तर छ।

जनता समाजवादी पार्टीका उम्मेदवार महाजन यादवले ५ हजार १ सय ९४ मत प्राप्त गरेका छन्।