चितवनको डिपोमा रवीले हाने छापा- कर्मचारीलाई राजीनामा दिन सुझाव - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

चितवनको डिपोमा रवीले हाने छापा- कर्मचारीलाई राजीनामा दिन सुझाव



चितवन क्षेत्र नम्बर २ बाट नवनिर्वाचित सांसद राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले साल्ट ट्रेनिङ कर्पोरेसनको नारायणगढ शाखामा किसानलाई मल वितरण हुन नसकिरहेकोप्रति कारण खोजेका छन् ।

निर्वाचित भएको प्रमाणपत्र बुझेपछि लामिछाने सोझै कर्पोरेशनको कार्यालय पुगेर कर्पोरेशनका शाखा प्रमुख बुद्धिविनोद दाहालसँग किसानलाई समयमानै मल वितरण हुन नसक्नुको कारणबारे प्रष्टीकरण मागेका थिए । दाहालले मल अपुग भएकाले बाँड्न नसकिएको जवाफ फर्काए ।

रविले काम गर्न नसक्ने भए राजीनामा दिएर जान दाहाललाई सुझाएका छन् ।

लामिछानेले दाहाललाई भने, ‘छैन भनेर किसानलाई पठाउन भएन, काम गर्नुपर्‍यो, काम गर्न नसक्ने मान्छेले राजीनामा पनि दिन पर्छ, यो खरो कुरा हो, यसलाई तपाईँहरूले अन्यथा लिनु भएन ।’

काम पनि गर्न नसक्ने, लबिङ पनि गर्न नसक्नेले किसानको समस्यालाई टुलुटुलु हेरेर बस्ने हैन भन्दै रविले आफू यस क्षेत्रको जनप्रतिनिधि भएकोले किसानको समस्या समाधान गर्ने दायित्व आफ्नो पनि रहेको बताएका थिए ।

उनले मलको समस्या तुरुन्त समाधान गर्न पहल गर्ने बताए ।