आर.एम.ई. स्कूलको आठौं वार्षिकोत्सव सम्पन्न  - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

आर.एम.ई. स्कूलको आठौं वार्षिकोत्सव सम्पन्न 



लोकेन्द्र रावल
टीकापुर । आर.एम.ई. स्कुल टीकापुरको आठौं वार्षिकोत्सव तथा अभिभावक दिवस टीकापुरमा आज सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकराज रेग्मीको अध्यक्षतमा भएको कार्यक्रमका प्रमुख अतिथि टीकापुर नगरपालिकाका मेयर तपेन्द्र वहादुर रावल रहनु भएको थियो भने विशिष्ट अतिथीमा टीकापुर नगरपालिका उप–मेयर केशरी बिष्ट रहनु भएको थियो ।

प्रमुख अतिथि रावलले टीकापुर नगरपालिकाले शिक्षा ऐन बनाई रहेको र ऐन बनिसकेपछि शिक्षामा देखिएका समस्या समाधान हुने बताउनु भएको छ । उहाँले शिक्षा ऐन बनिसकेपछि टीकापुर क्षेत्रमा रहेका सामुदायिक, गुठि र निजी विद्यालयहरुको संरचना प्रष्ट हुने बताउँदै अहीले भने चुनौतिको विषय रहेको बताउनु भयो । उहाँले शैक्षिक क्षेत्रको बिकास लागि टीकापुर नगरपालिका सधैंव तयार रहेको पनि बताउनुभयो ।

वार्षिकोत्सवको अवसरमा डा. जगतवहादुर सिंह रावललाई दोसल्ला ओढाई सम्मान–पत्रले सम्मान गरिएको छ । उहाँलाई बित्तशास्त्रमा विद्यावारीधी गरेकोे र सामाजिक क्षेत्रमा योगदान पु¥याएको भन्दै उहाँलाई सम्मान गरिएको हो ।

त्यस्तै कार्यक्रममा वार्षिकोत्सव कार्यक्रम सफल पार्नका लागि बनाइएका विभिन्न उपसमितिका संयोजकहरुलाई कदर पत्र सहित सम्मानित गरेको छ ।

टिचर अफ द इएर २०७५ मा शिक्षिका प्रमिला कुमारी विसी र स्टुडेन्ट अफ द इएर २०७५ मा कक्षा १० का विवेक शाही र आर.एम.ई. स्कूलका क्रिेकेट टीम क्याप्टेन विवेक न्यौपानेलाई कदरपत्र सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा टीकापुर बुहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख डा.जगतबहादुर सिंह रावल, टीकापुर उद्योग बाणिज्य संघका उपाध्यक्ष सुरेन्द्र किशोर गिरी लगायतले शुभ कामना मन्तव्य राख्नु भएको थियो । भने विद्यालयका प्रिन्सीपल तेजराज खनालले विद्यालयको प्रगतीका बारेमा बोल्नुुभएको थियो ।

आरएमई नृत्य प्रतियोगितामा प्रथम प्रेरणा खनाल, द्धितिय भुवन शाही, तृत्तिय मन्सु घिमीरे र चौथो आर्यन सिंह भएका छन् । प्रथम हुनेलाई १ वर्षको फि छुट, द्धितिय हुनेलाई ६ महीनाको फि छुट र तृतिय हुनेलाई ३ महिनाको फि छुटको व्यवस्था गरिनुका साथै ट्रपि र प्रमाण–पत्र दिएको छ भने चौथो हुनेलाई ट्रपि र प्रमाण–पत्र प्रदान गरिएको थियो ।

कार्यक्रम शिक्षक मथुरा भण्डारी र निर्मला ओझा शर्माले गर्नु भएको थियो भने स्वागत विद्यालयका सहायक प्रिन्सीपल लोकबहादुर साउँदले गर्नु भएको थियो ।
कार्यक्रममा विद्यार्थीहरुले विभिन्न किसीमका नृत्य तथा गितहरु प्रस्तुत गरेका थिए ।