प्यालेस्टाइनकी बहादुर किशोरी: जोसँग डराउँछन् इजरायली सैनिक - Himal Post Himal Post
  • २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
Logo

प्यालेस्टाइनकी बहादुर किशोरी: जोसँग डराउँछन् इजरायली सैनिक



एजेन्सी । प्यालेस्टाइनकी १६ वर्षीया एक किशोरी विश्वकै शक्तिशाली मानिने इजरायली सेनाका लागि टाउको दुखाईको विषय बनेकी छन् । अमेरिकाको साथ पाएको इजरायलले प्यालेस्टाइनमाथि निरन्तर ज्यादति गरिरहँदा ती किशोरी चुनौतिकारुपमा उभिएकी छन् ।
१६ वर्षीया यी किशोरीको चर्चा विश्वभर भइरहेको छ । इजरायल र प्यालेस्टाइनबीचको लडाइँमा यी किशोरीले नयाँ क्रान्तिकारी आन्दोलन नै छेडेकी छन् ।
अत्याधुनिक हतियारले सु-सज्जित इजरायली सेना यी किशोरीले दिएको चुनौतिबाट डराएर उनलाई आधा रातमै गिरफ्तार गर्न बाध्य भएको छ । १६ वर्षीय यी किशोरीको नाम अहद तमिमी हो ।
पहिलो पटक अहद १२ वर्षकै उमेरमा समाचारको शीर्षकमा छाएकी थिइन् । त्यो बेला इजरायली सैनिकले भाइलाई गिरफ्तार गरेर लगेको देखेपछि उनले एक्लै इजरायली सैनिकविरुद्ध धावा बोलेकी थिइन् । त्यो बेला उनी केबल १२ वर्षकी मात्रै थिइन् । त्यो बेलै अहदको दृढता देखेर इजरायली सैनिक डराएको थियो ।
हालै मात्र सार्वजनिक भएका भिडियो र फोटोमा अहदले इजरायली सैनिकको मुखमा थप्पड बर्साइरहेको देख्न सकिन्छ । अत्याधुनिक हतियारले सु-सज्जित इजरायली सैनिकमाथि निहत्था अहद डटेर भिड्छिन् । उनले जब इजरायली सैनिकमाथि थप्पड बर्साउँछिन् तब त्यो दृश्य देख्नेहरु श्वास रोकेर उभिन्छन् ।
सन् २०१२ मा अहदलाई टर्की पुरस्कारबाट सम्मानित पनि गरियो । यसका अलावा उनलाईविश्व प्रसिद्ध हन्जला साहस पुरस्कार पनि दिइएको छ । इजरायली सेनाले अहदलाई समात्नकै लागि करिब ३०० भन्दा धेरै प्यालेस्टाइनका बालबालिकालाई पक्राउ गरेको थियो । अहिले पनि उनी बिनाहतियार इजरायली सैनिकको सातो लिन पर्याप्त छिन् ।
भिडियो हेर्नुहोस्