छोटो समयमा दर्शकको मन जित्यो पुस्कल शर्माको 'सुसाईट नोट'ले (भिडियो सहित) - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

छोटो समयमा दर्शकको मन जित्यो पुस्कल शर्माको ‘सुसाईट नोट’ले (भिडियो सहित)



लोकदोहोरी क्षेत्रमा धेरै प्रशंसक भएका बहुप्रतिभाका धनी सर्जक तथा गायक हुन्  पुस्कल शर्मा  ।मुटु जलाई जलाई भाग ५ सुसाईट नोट बोलको सो गीत  छोटो समयमै धेरै दर्शकको मन जित्न सफल भएको छ  ।

गीतको बारेमा केही अनलाइन मिडियाहरुले भ्रामक शीर्षक दिई समाचार छापे पछि धेरै दर्शक श्रोता भ्रममा परेका थिए । उनको वास्तविक त्यस्तो नभई गीतमा मात्र त्यस्तो भएको  गायक शर्मा बताउछन  ।

पुश्कल शर्माको लय,शब्द,अभिनय,निर्देशन र आवाज समेत रहेको सो गीतमा बैरिले दिएको पिडाले जिउन नसकेर आत्म हत्या गर्ने एक होनाहार युवाको कथालाई विषयवस्तु बनाएको छ ।मन्दिर म्युजिक प्रालीले बजार वस्थापन  गरेको छ  ।

गीतले लोकदोहोरी क्षेत्रमा इतिहास समेत रचेको छ । छोटो समयमै यति धेरै दर्शक बताउने नेपाली दोकदोहोरी गीत निकै कम रहेका छन् ।

 भिडियो हेर्नुहोस्