अर्थ सचिव कृष्णहरि पुष्कर हटाइए - Himal Post Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

अर्थ सचिव कृष्णहरि पुष्कर हटाइए



नयाँ सरकार गठनसँगै अर्थ मन्त्रालयका सचिवको सरुवा भएको छ। अर्थ सचिव कृष्णहरि पुष्करलाई हटाइएको छ भने सचिवमा तोयम राया र राजस्व सचिवमा रामप्रसाद घिमिरेलाई ल्याएको छ।

अर्थ सचिव कृष्णहरि पुष्करलाई सरुवा गरेर रायालाई ल्याएको हो। उपप्रधानमन्त्री पौडेलले रायालाई रोजेका हुन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव राया अर्थमन्त्रालयकै क्याडर हुन्।

रायासँग राजस्व र भन्सारमा काम गरेको अनुभव छ। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सचिवहरूको सरुवा गरेको हो।