पुस २१ देखि दोस्रो सुदूरपश्चिम खप्तड गोल्डकप सुरु हुदै - Himal Post Himal Post
  • २२ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 5 2026
Logo

पुस २१ देखि दोस्रो सुदूरपश्चिम खप्तड गोल्डकप सुरु हुदै



कैलाली ।। कैलालीको धनगढीमा यहि पुस २१ गतेदेखि माघ १ गतेसम्म दोस्रो सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।

सोमबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै आयोजक सुदूरपश्चिम–११ स्पोर्ट्स क्लवका अध्यक्ष सुरेश हमालले “चौधरी गुप्रको नेपाल आईसको मुख्य प्रायोजन र नेपाल टेलीकमले सहप्रायोजनमा खप्तड गोल्डकपको तयारी तीब्र बनाइएको बताउनु भयो ।

पत्रकार सम्मेलनमा बोल्दै आयोजक क्लवका अध्यक्ष सुरेश हमालले देशकै सर्वाधिक धनराशी पुरस्कार रहेको प्रतियोगिता भव्यरूपमा सञ्चालन गर्न विभिन्न उपसमिति समेत गठन गरिएको बताउनु भयो ।
करिब एक करोड १० लाख रुपैयाँ बढी खर्च हुने खप्तड गोल्डकपमा देशका विभिन्न टीम र विदेशका समेत गरी १२ वटा टीमको सहभागिता रहने छ । प्रतियोगितामा लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दि क्लव, त्रिभुवन आर्मी क्लव, नेपाल एपिएफ क्लव, रुस्लान थ्री स्टार क्लव, सिएमजी क्लव संकटा, च्यासल युथ क्लव, रमपम झापा–११, सहारा क्लव, अग्नि रूपन्देही–११, धरान फुटवल क्लव र सुदूरपश्चिम–११ सहभागी हुनेछन् भने भुटानको डुक स्टारले पनि प्रतियोगितामा भाग लिने आयोजकले बताएको छ ।

त्यस्तै प्रतियोगिता संयोजक ध्रुव भट्टराईले प्रतियोगिताको माध्यमले खेल पर्यटनको विकासमा योगदान पुर्‍याउन गत वर्षदेखि खप्तड कप शुरु भएको बताउनु भयो ।

प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ , उपविजेताले पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।गत वर्ष भने विजेताले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको थियो ।
आयोजक क्लवका उपाध्यक्ष योगेन्द्र चन्दका अनुसार प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाईकल पाउने छ्न भने उत्कृष्ट गोलकिपर, रक्षक, मिडफिल्ड, फरवार्ड, उदयमान खेलाडी, सर्वाधिक गोलकर्ता र फेयर प्ले टोलीले १५/१५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

त्यस्तै, हरेक खेलको म्यान अफ दी म्याचले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने क्लवका मिडिया संयोजक ओम चन्दले जानकारी दिनु भयो ।