पूर्व पश्चिम समेट्दै ‘सुनको औँठी’ (भिडियो सहित) - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

पूर्व पश्चिम समेट्दै ‘सुनको औँठी’ (भिडियो सहित)



काठमाडौं–

चर्चित कौराका राजा मानिने गायक गणेश गुरुङ पछिल्लो समय निकै ब्यस्त बन्दै आएका छन् ।लोक तथा दोहोरी क्षेत्रमा कौराका भाकाको एकछत्र राज गर्दै आएका गुरुङले दर्शक तथा स्रोतमाझ अर्को कौरा भाका ल्याएका छन् ।गुरुङको कौरा भाकालाई गायक गुरुङ र धनबहादुर गुरुङले लेखेका हुन् जसमा गायक गुरुङ, राजु गुरुङ, डिवि गुरुङ, गायिका मुना थापा मगर, चिना थापा र बबिता गुरुङको स्वर रहेको छ । गीतमा गायक स्वयंमले लय भरेका छन् ।

‘सुनको औँठी’ बोलको कौरा भाकाले विशेषगरि पूर्व र पश्चिमको संस्कृतिलाई एउटै डोरिमा बाँध्ने प्रयास गरेको छ । गीतका टुक्काहरुमा पश्चिमको संस्कृतिलाई पूर्वमा परिचत बनाउन खोजिएको छ । विशेष गरेर पूर्वको धरान वरिपरि बस्ने गुरुङ, राई, लिम्बूहरुलाई पश्चिमको गीतसंगीत र संस्कृतिमा परिचित गराउन खोजिएको गायक गुरुङले बताए ।

उक्त गीतलाई निर्देशक मनाङ गुरुङको निर्देशनमा म्युजिक भिडियो निर्माण गरएको छ । गीतको सम्पुर्ण छांयाकनको काम पूर्वको धरान र आसपारमा नै गरिएको हो । गीतलाई खेम थापाले खिचेका हुन्, भने बिष्णुहरी तिमिल्सीनाले सम्पादन गरेका हुन् ।

कौरा र सालैजो विशेष गरि पश्चिमि गुरुङ र मगर समुदायमा लोकप्रिय मानिन्छ । गुरुङ विशेष गरेर कौरा र सालैजो गीत गाउन माहिर गायकका रुपमा परिचित गायक गुरुङले केही समयअघि गुरुङ चलचित्र प्हिरुमालामा समेत नायकको भूमिका निर्वाह गरेका थिए ।