पुनर्वासमा प्याब्सन फेस्टिबल सम्पन्न - Himal Post Himal Post
  • २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
Logo

पुनर्वासमा प्याब्सन फेस्टिबल सम्पन्न



पुनर्वास,कञ्चनपुर । कञ्चनपुरको दक्षिणी भेगमा अवस्थित पुनर्वास नगरपालिकामा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) को प्रथम नगर स्तरीय एवम आठौ प्याब्सन फेस्टिवल सोमबार सम्पन्न भएको छ ।

प्याब्सन नगर अध्यक्ष बालकृष्ण ढकालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा पुर्नवास नगरपालिकाका नगरप्रमुख जीवनराज थापा प्रमुख अथिति रहनु भएको थियो । पुनर्वासको पैसठ्ठी विगाहको खेल मैदानमा सो फेस्टिवलको समापन समारोहमा विशिष्ट अतिथिको आसनमा नेपाली काङ्ग्रेस नगर सभापति यम प्रसाद पौडेल,सुदुरपश्चिम प्रदेश प्याब्सन उपाध्यक्ष विश्वनाथ विष्ट, प्रदेश प्याब्सन सहसचिव राजेन्द्र प्रसाद अधिकारी हुनुहुन्थ्यो ।

कार्यक्रममा मन्तव्य राख्नुहुदै कांग्रेस उपाध्यक्ष यम प्रसाद पौडेलले निजी विद्यालयहरुले शिक्षा क्षेत्रमा अतुल्निय योगदान पुरयाएको चर्चा गर्नुभएको थियो । उहाँले निजि र सरकारी विद्यालय लगायत सबै शैक्षिक क्षेत्रमा प्राविधिक शिक्षाको लागि जोड दिनुपर्ने औल्याउनु भयो । प्याब्सन प्रदेश उपाध्यक्ष विश्वनाथ विष्टले नेपालको शिक्षा क्षेत्रमा निजि तथा आवासीय विद्यालयले महत्वपूर्ण योगदान पुरयाए पनि सरकारले बेला बेलामा सौतेली ब्यवहार गर्ने गरेको बताउनुभयो ।

नगरप्रमुख जीवनराज थापाले प्रमुख अतिथीको आसनबाट आफ्नो विचार राख्नुहुन्दै सरकारी र बोर्डिङ दुवै क्षेत्रका स्कूललाई व्यवस्थित गर्न आफू प्रयासरत रहेको बताउनुभयो । बोर्डिङ विद्यालयहरुमा श्रमशोषणका कुराहरु बेलाबेलामा उठने गरेकाले यसबारेमा सरोकारवाला सबैलाई भेला गरि छिट्टै समाधान खोजिने बताउनु भयो । कार्यक्रमको अध्यक्षता गरिरहनुभएका प्याब्सन नगर अध्यक्ष बालकृष्ण ढकालले निजि विद्यालयहरुलाई अनावश्यक आलोचना र टिप्पणी गरेर समय खेर फाल्नु भन्दा सरकारी विद्यालयहरुलाई आफ्नो गुणस्तर सुधार्न चुनौती दिनुभयो । निजी विद्यालयहरु माथि भई रहेको चौतर्फी हमला आउँदा दिनमा कमजोर हुँदै जाने कुरामा आफू आशावादी रहेको अध्यक्ष ढकालले बताउनुभयो ।

हरेक सालझै यस बर्ष पनि पुनर्वास प्याब्सनले प्रथम नगर स्तरिय एवम् आठौ पुनर्वास प्याब्सन फेस्टिबल धुमधामका साथ सम्पन्न गरिएको हो । गत माघ ८ गतेदेखि सुरु भई सो कार्यक्रम सोमबारसम्म चलेको थियो । यस फेस्टिवलमा सोराह निजी तथा आवासिय बिद्यालयहरुको सहभागिता रहेको थियो ।

उक्त फेस्टिवलमा हाजिरी जवाफ,स्पेलिङ प्रतियोगिता,वादविवाद,वक्तृत्वकला लगायतका एकेडमीक र एथलेटिक्स, रिले दौड, भलिबल र क्रिकेट लगायत शारीरिक अभ्यासवाला खेलहरू समावेश गरिएको थियो। आजको समापन कार्यक्रममा विभिन्न खेलमा प्रथम,द्वितीय र तृतीय हुने विद्यालय, सहभागी विद्यालयहरुका साथै निर्णायक मण्डललाई ट्रफी मेडल तथा प्रमाणपत्र वितरण गरिएको थियो ।

कार्यक्रममा विभित्र विद्यालयका भाईवहिनीहरुले रमाइला संस्कृतिक नृत्य प्रस्तुत गरेका थिए भने आजकै समापन कार्यक्रममा वक्तृत्वकला प्रतियोगिता पनि सञ्चालन गरिएको थियो । युगज्योती एकेडेमीका प्रधानाध्यापक खेमराज श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमलाई प्याब्सनका नगरसचिव किशोर तामाङले संचालन गर्नुभएको थियो ।