पुनर्वास प्याब्सनको नगरस्तरीय प्रथम नगर भेला सम्पन्न , अध्यक्षमा ढकाल  - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

पुनर्वास प्याब्सनको नगरस्तरीय प्रथम नगर भेला सम्पन्न , अध्यक्षमा ढकाल 



किशोर तामाङ

पुनर्वास , कञ्चनपुर । कञ्चनपुरको दक्षिणी भेगमा अवस्थित पुनर्वासका निजी तथा अवासिय बिधालयहरुको छाता संगठन प्याव्सनको पहिलो नगर सभा आज सम्पन्न  भएको छ ।

पुनर्वास प्याब्सन नगरस्तरीय तदर्थ समितिका अध्यक्ष नरेन्द्र प्रसाद गौतमको अध्यक्षतामा संचालन भएको सो कार्यक्रममा नगर प्रमुख जीवनराज थापाको प्रमुख अतिथ्य रहेको थियो ।

बिशिष्ट अतिथ्यमा नगर उपप्रमुख शारदा बिष्ट,पुर्व प्याब्सन केन्द्रिय उपाध्यक्ष हिरा चन्द, पुर्व प्याब्सन केन्द्रीय सदस्य रुद्रराज पनेरु , प्रदेश ७ प्याब्सन उपाध्यक्ष बिश्वनाथ बिष्ट तथा अतिथिमा समाजसेवी रामचन्द्र नेपाल ,राजेन्द्र आधिकारि ,जनप्रतिनिधि,शिक्षक तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बिशिष्ट अतिथिको आसनबाट बोल्दै केन्द्रीय प्यबसन उपाध्यक्ष हिरा चन्दले राज्यले निजि बिद्यालयहरु सग सौतेली व्यवहर गरेको बताउनुभयो । निजि बिद्यालयप्रति अपमान असहय भएकोले उच्च शिक्षाका लागि निजी र समुदायका बिधार्थीहरुको छात्रवृत्तिमा देखाएको बिभेद तत्काल रोकाउन आग्रह समेत गरेका थिए ।

स्थानिय निकायमा निजि र समुदायका बिद्यालयहरु बिच कुनै पनि विभेद नगर्ने बताउदै प्रमुख अतिथि नगरप्रमुख जिवन राज थापाले सम्पुर्ण बिद्यालयहरु कटिबद्ध भएर सकेसम्म गुणस्तर शिक्षा दिन अभिभावकलाई मर्का नपर्ने गरी फी को समायोजन गर्न समेत सुझाएका थिए ।

सो कार्यक्रमलाई बिधार्थी नानी बाबुहरुको संस्कृतिक नृत्यले अझै रौनकता प्रदान गरेको थियो । बन्द शत्र संगै पुनर्वास नगरस्तरीय प्याव्सनले पुरानो कमिटी बिगठन गर्दै नयाँ कार्यसमिति चयन गरेको छ ।

भेलाले निर्बिरोध नगरस्तरीय प्याब्सन पुनर्वासको अध्यक्षमा बालकृष्ण ढकाल लाई सर्वसम्मत चयन गरेको छ । यसरीनै सो भेलाले सचिवमा किशोर कुमार तामाङ कोषध्यक्षमा कर्ण बहादुर खड्का सदस्यमा चन्द्र सिह बोगटी र खेमराज श्रेष्ठलाई चयन गरेको छ । यसरीनै सल्लाहकार संयोजकमा बिश्वनाथ बिष्ट र सदस्यमा नरेन्द्र प्रसाद गौतमलाई सर्वसम्मत चयन गरेको छ ।

नगरस्तरीय प्रथम नगर सभा लाई कर्ण बहादुर खड्काको स्वागत मन्तब्य बाट शुरु भएको सो कार्यक्रमलाई खेमराज श्रेष्ठले सञ्चालन गरिएको थियो ।