पुर्नवासका डेबिड तामाङको मोडलिङ्ग यात्रा सुरु  - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

पुर्नवासका डेबिड तामाङको मोडलिङ्ग यात्रा सुरु 



किशाेर कुमार तामाङ्ग / पुनर्वास ।

कञ्चनपुर जिल्लाकाे बिकट दक्षिणी भेग पुनर्वासका एक नावेदित युवा माेडलिङ्गमा जम्दै अाएका छन। पुनर्वास नगरपालिका वार्ड नम्बर ७ च गाउँका डेबिड तामाङ्ग अहिले म्युजिक भिडियाे मार्फत माेडलिङ्गकाे यात्रा शुरू गरेका छन।

पूर्व नेपाली सेनाका जवान समेत रहेका डेबिड सानै उमेर देखि नै कलाकारीता तर्फ अाफ्नाे रुचि रहेकाे बताउछन। सानै उमेरकाे हुँदा गाउँ घरमा अायाेजना गरिने साँस्कृतिक कार्यक्रममा भाग लिने र नडराई अाफ्नाे प्रतिभा प्रस्तुत गर्दथे। यसरी बच्चै देखिकाे खुबी र सपना अाज अाएर साकार भएपछि अाफु निकै खुशी भएकाे उनी बताउछन।

गायक धिरेन लामाकाे स्वरमा रहेकाे नेपाली पप गीत “प्रेम कहानी” काे म्युजिक भिडियाे मार्फत डेबिडले अाफ्नाे पहिलाे प्रस्तुती बजारमा ल्याएका हुन। साे म्युजिक भिडियाेमा डेबिड तामाङ्ग, भिम तामाङ्ग, रेमि घले र शशी थिङ्गले अभिनय गरेका छन।

पहिलाे म्युजिक भिडियाेले धेरै राम्राे प्रतिक्रिया र बजारमा राम्राे स्थान पाएकाले अाफु झन उत्साहित भएकाे माेडल डेबिड बताउछन।