पूर्णबहादुर खड्काद्वारा मन्त्री बन्न अस्विकार - Himal Post Himal Post
  • २८ बैशाख २०८२, आईतवार
  •      Sun May 11 2025
Logo

पूर्णबहादुर खड्काद्वारा मन्त्री बन्न अस्विकार



काठमाडौं- नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आफू मन्त्री नबन्ने भन्ने पुरानै वचनमा कायम रहेको प्रतिक्रिया दिएका छन्।

आइतबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपसभापति खड्काले आफू मन्त्री बन्दिनँ भन्ने ७ वर्ष पुरानो वचनमा अडिग रहेको बताएका हुन्।

खड्काको नेतृत्वमा कांग्रेस प्रचण्ड सरकारमा सहभागी हुन लागेको विषयमा सोधिएको प्रश्नमा खड्काले भने, ‘देश दौडाहा गरेर सकेपछि ७ वर्षअघि मैले वचन दिएको थिएँ, अहिले पनि त्यही अडानमा छु। म धेरै मन्त्रालयको मन्त्री भइसकें, अब मन्त्रीभन्दा माथि भए अर्को कुरा हो, त्यो भगवान र जनताको जिम्मामा छ।’

उनले कांग्रेसमा आफ्नै नेतृत्वमा सरकारमा जानेबारे छलफल भइरहेको भने स्वीकारे। भने, ‘पार्टीभित्र छलफल नै नभएको होइन, विभिन्न कोणबाट छलफल भइरहेको छ, तर निर्णय भएको छैन। गठबन्धनको बैठक बसिरहेको छ। पार्टीमा पनि छलफल भइरहेको छ। अब दुई-तीन दिनभित्रमा टुंगो लाग्छ। त्यसपछि मन्त्रिपरिषद् विस्तार हुन्छ।’