पुर्व मन्त्री लेखराज भट्टलाई डोटीमा कालो झण्डा
डोटी । नेकपाका स्थायी समिति सदस्य तथा पुर्व मन्त्री लेखराज भट्टलाई डोटीमा कालो झण्डा देखाइएको छ । पर्याप्त सम्भावना, पर्याप्त पुर्वाधार, प्रदेशको केन्द्र विन्दु लगायतका धेरै सम्भावना भएको साविकको क्षेत्रीय सदरमुकाम दिपायलबाट जंगलमा राजधानी सारेको भन्दै कालो झण्डा देखाइएको हो ।
सहिद स्मृति आवासिय बिद्यालयको कार्यक्रमका लागि डोटी पुगेका भट्टलाई नेविसंघ, नेपाल तरुण दल, तथा लेखक संघको संयूक्त टोलीले कालो झण्डा देखाएको हो ।
जिम्मेवार नेतृत्वबाट डोटीका विरुद्धमा गैर जिम्मेवारी र तथ्यहिन अभिव्यक्ति दिदैं गोदावरीको जंगलमा राजधानी सारिनु र प्रदेशको नाम सुदूरपश्चिम राख्नु नै आपत्तिजनक भएको भन्दै मन्त्री भट्ट विरुद्ध कालो झण्डा देखाइएको नेविसंघका पुर्व केन्द्रिय सदस्य विजय ओझाले बताए ।
भट्टका विरुद्धमा लेखराज भट्ट मुर्दाबाद, डोटी बिरोधि नेता मुर्दाबाद, सहिद स्मृतिको नाममा राजनीति गर्न पाइदैन, सहिद स्मृती बिद्यालयको सम्पती सार्वजनीक गर लगायतका नाराबाजी सहित प्रदर्शन गरिएको थियो ।
यसअघि नेता भट्टले डोटीमा १०÷१५ जना बस्नका लागि पनि ठाउँ नभएको भन्दै सञ्चार माध्यममा अन्तरवार्ता दिएपछि डोटीमा भट्टको पुत्लादहन समेत गरिएको थियो ।मन्त्री भट्टको पुर्ख्यौली घर डोटी हो ।