पुरानो ब्यान्ड ‘मंगोलियन हर्ट'ले ल्यायो नयाँ गीत 'एक जोडी नयन'(भिडियो सहित) - Himal Post Himal Post
  • १६ असार २०८३, मंगलवार
  •      Tue Jun 30 2026
Logo

पुरानो ब्यान्ड ‘मंगोलियन हर्ट’ले ल्यायो नयाँ गीत ‘एक जोडी नयन'(भिडियो सहित)



पुरानो ब्यान्ड ‘मंगोलियन हर्ट’ले ६ वर्ष पछि आपनो नयाँ एल्बम ‘भोलुम सेभेन’को नयाँ गीत सार्वजनिक गरेको छ। ”एक जोडी नयन” बोलको उक्त गीतको अडियो तथा भिडियोलाई भ्यालेनटाइन डेको अवसर पारेर बुधवार रिलिज गरिएको हो।

सुरेन लिम्बुको शब्द रहेको ”एक जोडी नयन”मा राजु लामाको सङ्गीत तथा फणिन्द्र राईको एरेन्जमेन्ट रहेको छ भने भिडियोलाई छेवाङ लामाले निर्देशन गरेका हुन जसमा सन्जित श्रेष्ठको क्यामेरा र विक्रम अधिकारीको सम्पादन रहेको छ। ललितपुरको खोकना आसपासका छेत्रमा खिचिएको भिडियोमा ब्यान्डका २ सदस्यहरू बबी लामा र किरण नगरकोटीको साथमा अरुणा योञ्जनको अभिनय हेर्न सकिन्छ।

यस अघि ६ वटा एल्बमहरू बजारमा ल्याइसकेको २५ वर्ष पुरानो ब्यान्ड ‘मंगोलियन हर्ट’का भोकलिस्ट राजु लामा लामो समयदेखि अमेरिका बस्दै आए पनि वर्षमा २/३ चोटि सम्म नेपाल आएर विभिन्न प्रोग्राम हरू गर्दै आएका छन् भने नेपालबाट गीतारिस्ट एवम् म्यानेजर बबी लामाले ब्यान्डका विभिन्न सामाजिक सेवाका कामहरू गर्दै आएका छन् । नेपालमा धेरै साङ्गीतिक ब्याण्डहरु लामो समय सम्म टिक्न नसक्ने भन्ने भनाइलाई असत्य साबित गर्दै ब्यान्डले आगामी वर्ष भव्य कार्यक्रम गरी ‘सिल्भर जुब्ली’मनाउने तयारी गरेको
म्यानेजर बबी लामाले जानकारी दिनु भयो ।

६ वटा एल्बमका ५ दर्जन गीतहरू बजारमा आइसकेका नेपाली मेलोडी पप र सेलो गीतहरू गाउन सिपालु मंगोलियन हर्टका ‘हल्ला चलेछ’, ‘उँभो उँभो खासा’, ‘तिमीलाई देखेर’, ‘बादल पारिको देशबाट’, ‘सायद तिम्रो बाटोमा’, ‘मेरो नेपाल’,‘ओई नाना, ‘नतानुँ त तानूँ लाग्ने’, ‘गाजलु टीका’ लगायत गीत चर्चित छन्।

https://youtu.be/hxj66NWKBeM