पक्राउ परे अमेरिकाबाट लाखौँ डलर भित्र्याउने पृथ्वीबहादुर - Himal Post Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

पक्राउ परे अमेरिकाबाट लाखौँ डलर भित्र्याउने पृथ्वीबहादुर



अमेरिकाबाट अवैधानिक बाटो हुँदै करोडौं रकम भित्र्याउन खोज्ने पृथ्वीबहादुर शाहलाई प्रहरीले पक्राउ गरेको छ।

तत्कालीन अर्थमन्त्री जनार्दन शर्मासँग जोडिएपछि चर्चामा आएका शाहलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले शुक्रबार काठमाडौंबाट पक्राउ गरेको हो।

अमेरिकाबाट अवैध च्यानल हुँदै आएको करोडौं रकम फुक्का गरिदिने केसमा तत्कालीन मन्त्री शर्मा पनि विवादमा जोडिएका थिए।

त्यसबेला मन्त्री शर्माले अछामका शाहको खातामा अमेरिकाबाट आएको करोडौं रकम फुक्का गरिदिन राष्ट्र बैंकको सञ्चालक समितिमा रहेका एक सदस्यले ३० हजार डलर घुस मागेको सूचना पाएको बताएका थिए।