प्रेस विज्ञप्ति अब संस्कृतमा पनि - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

प्रेस विज्ञप्ति अब संस्कृतमा पनि



हिमालपोस्ट/काठमाडौँ

भारतको उत्तरप्रदेश सरकारले अबदेखि संस्कृत भाषामा पनि प्रेस विज्ञप्ति निकाल्ने भएको छ। अहिलेसम्म प्रेस विज्ञप्ति हिन्दी अङ्ग्रेजी र उर्दूमा निकालिन्थ्यो।

संस्कृत भाषामा जारी गरिएको पहिलो प्रेस नोट सूचना विभागले सोमबार(जुन १८, २०१९) मा जारी गरेको हो। सूचना विभागका अधिकारीहरूले जनाए अनुसार मुख्यमन्त्री योगी आदित्यनाथका प्रवचनहरू पनि संस्कृतमा जारी गरिनेछन्।

संस्कृत भाषाको प्रवर्द्धनका निमित्त यो कदम उठाइएको अधिकारीहरूले जनाएका छन्। सोमबारकै एउटा कार्यक्रममा योगी आदित्यनाथले भने, “संस्कृत भारतको डिएनए हो। यो अब पुरोहितहरूमा मात्र सीमित छैन।” उत्तर प्रदेशमा संस्कृत भाषाका २५ पत्रपत्रिका छापिन्छन् तर कुनै पनि दैनिक भने छैनन्।