गैर आवासीय नेपाली संघ, जर्मनीको प्रेस विज्ञप्ति - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

गैर आवासीय नेपाली संघ, जर्मनीको प्रेस विज्ञप्ति



प्रेस विज्ञप्ति

गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद्कोको १७ सेप्टेम्बरका दिन हाम्बर्गमा सहरमा पहिलो बैठक बस्यो। धेरै सहभागी रहेको पहिलो बैठकमा चिनजान र परिचात्मक कार्यक्रमका साथै केही अति महत्त्वपूर्ण विषयहरूमा निर्णय पनि भएका छन्। गत १० सेप्टेम्बरमा ऐतिहासिक निर्वाचनबाट चयन हुन नसकेका पदहरुको परिपूर्ति गरिएको छ। सबै क्षेत्रका LCC हरूको सिफारिस मार्फत प्राप्त सदस्य हरुको नियुक्ति गर्दै कार्यसमिति बिस्तार गरिएको छ। जस अनुसार २०१७/२०१९ कार्यकालको लागी पूर्ण कालीन कार्यसमिति यसप्रकार छ ।

प्रमुख संरक्षक : रण बहादुर साउद
संरक्षक : उषा शर्मा
संरक्षक : श्याम खनाल

कार्यसमिति
१)अध्यक्ष : विजय मोक्तान
२)उपाध्यक्ष : मिलनराज पन्त
३)उपाध्यक्ष: हरि न्यौपाने
४) उपाध्यक्ष महिला : राधा सिग्देल (किरण )
५)माहासचिब : टंक लम्साल
६)कोषाध्यक्ष : निनम्मा राई
७)सचिव : राजेश सुनार
८)महिला संयोजक : भीमानानी श्रेष्ठ
९)महिला सह संयोजक : सुनिता थापा
१०)युवा संजोजक : रबिन लामिछाने
११)युवा सह संयोजक : ईश्वर श्रेष्ठ
१२)प्रवक्ता : शङ्कर डाँगी
१३) सांस्कृतिक संयोजक : लक्ष्मन जोशी
१४)सदस्य : मेनका त्रिपाठी
१५)सदस्य : करुणा राई
१६)सदस्य : केदार प्रसाद गौतम
१७)सदस्य : बेल गुरुङ
१८)सदस्य: हेम दाहाल
१९) सदस्य : सूर्य गिरी
२०)सदस्य : गुना गुरुङ
२१)सदस्य : मनोज कुमार भण्डारी
२२) सदस्य : मनिस सापकोटा
२३) सदस्य : निलब बराल
२४) सदस्य : राजेन्द्र पाण्डे
२५)सदस्य : सोनी तुलाचन

गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् जर्मनीले अर्को बैठकमा बृहत् छलफल गरी सङ्घको सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको छ। गैर आवासीय नेपाली सङ्घको विश्व सम्मेलन १४ देखि १७ अक्टुबर सम्म काठमाण्डौमा आयोजना हुने कार्यक्रममा गैर आवासीय नेपाली सङ्घ जर्मनीले बिधिबत रूपमा ११० जना प्रतिनिधिहरू सहभागी बनाउने कोसिसमा रहेको छ। विश्व सम्मेलनमा जर्मनीबाट विभिन्न पदहरुमा उठ्ने सबै उम्मेद्वारहरुलाई सर्वसम्मत मतदान गर्ने सामूहिक निर्णय गरेको छ। धन्यवाद

शङ्कर डाँगी
प्रवक्ता,गैर आवासीय नेपाली सङ्घ, जर्मनी