प्रि स्कूल किड्स ट्यालेन्ट शो सम्पन्न - Himal Post Himal Post
  • ११ असार २०८३, बिहीबार
  •      Thu Jun 25 2026
Logo

प्रि स्कूल किड्स ट्यालेन्ट शो सम्पन्न



बुटवल : मन्टेश्वरी एशोसिएसन अफ भैरहवाको आयोजनामा प्रि स्कूल किड्स ट्यालेन्ट शो सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा भैरहवामा रहेका मन्टेश्वरी विधालयका विधार्थीहरुले नृत्य, गायन तथा नाटक प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी पूर्व जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापाले विधार्थीको अन्तरनिहीत प्रतिभा उजागर गर्र्न ट्यालेन्ट शो कार्यक्रम आयोजना गरेकामा आयोजक संस्थालाई धन्यवाद दिंदै अभिभावकलाई आफ्ना बाबुनानीको प्रतिभाको कदर गर्दै उनीहरुको सर्वांगिण विकासमा मन्टेश्वरी शिक्षा प्रणाली फाईदाजनक भएको र विधीको प्रयोग विधालयमा मात्र सिमित नराखी घरमा समेत उक्त वातावरणमा बालबालिकालाई हुर्किन सहयोग गर्नुपर्ने भनाई राखेका थिए ।

एशोसिएसनका अध्यक्ष अनामिका वस्याल जैसवालको अध्यक्षतामा भएको कार्यक्रममा बेस्ट मन्टेश्वरी चेन अफ स्कूलस् का निर्देशक सुष्मा लामाले बालबालिकाको साईकोलोजी र मन्टेश्वरी विधीको बारेमा प्रस्तुती दिए ।

कार्यक्रममा बाल रोग विशेषज्ञ डा. राजु काफ्लेले बालबालिका प्रति माया दर्शाउने अभिभाकत्व प्रेममा कमी हुन नदिई मानसिक तबरबाट पनि उनीहरुको ईच्छा र चाहनालाई ख्याल गर्दै उनीहरुको स्वास्थ्यको हेरचाहमा विशेष ध्यान दिन आग्रह गरे । संस्थाका अध्यक्ष अनामिका वस्याल जैसवालको स्वागतमा सुरु भएको कार्यक्रमको संचालन सन्जु पौडेलले गरेकि थिइन ।