'मिसेस क्विन नेपाल –२०१७’का प्रतियोगीद्वारा प्रतिभा प्रस्तुत - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

‘मिसेस क्विन नेपाल –२०१७’का प्रतियोगीद्वारा प्रतिभा प्रस्तुत



काठमाडौं, २८ चैत
‘मिसेस क्विन नेपाल–२०१७’का प्रतियोगीले आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । यो प्रतियोगिताको ट्यालेन्ट शो अन्तर्गत उनीहरुले आईतबार साँझ काठमाडौंको कमलपोखरी स्थित सिटी सेन्टरमा आयोजित कार्यक्रममा आफ्नो प्रतिभा प्रस्तुत गरे । ट्यालेन्ट शोमा उनीहरुले गायन, नृत्य, बतृत्वकला, व्युटिसियन कला, चित्रकला जस्ता विविध प्रतिभा प्रस्तुत गरेका हुन् ।

प्रतियोगीहरु बालिका अधिकारी, स्याण्डी भण्डारी, सुविना शाक्य, अनिता श्रेष्ठ, कविता शाह, बबिता मानन्धर, निकिता पाण्डे, करुणा श्रेष्ठ, आष्मा पुन मगर, सरला थापा, कृति कतिवडा, प्रतिक्षा चन्द, सुनिता केसी, एनि कुँवर, रुपा राना र मोनिका श्रेष्ठले ट्यालेन्ट देखाएका हुन् ।

ट्यालेन्ट शोको निर्णायकमा सो कार्यक्रमकी कोरियोग्राफर एवं पूर्व मिस नेपाल उषा खड्गी, अभिनेता सविन श्रेष्ठ, गायक आनन्द कार्की, चलचित्र निर्देशक एवं पत्रकार डब्बु क्षत्री, नृत्य निर्देशक गोबिन्द राई र व्युटिसियन रुषका बैद्य थिए ।

बिबाहित नारीहरुको प्रतिभा प्रस्तुतिकालागि इभेन्ट बेटर ग्यालेक्सीद्धारा आयोजित यो प्रतियोगितामा काठमाडौं उपत्यकासहित बिराटनर, धरान, पोखरा, बुटबलबाट पनि सहभागी छन् । आगामी ३१ चैत साँझ होटल साँग्रिलामा मिसेस क्विन नेपाल रिदम नाईट–२०१७मा मिसेस क्विन नेपाल चयन हुने आयोजक धिरज तण्डुकारले जानकारी गराए । बिजेताले स्कुर सहित विभिन्न अबसर पाउनेछिन् ।