प्रदेश नम्बर ७ को सभामुखमा एमाले नेता थापा
धनगढी, कैलाली ।।
नेकपा एमालेको तर्फबाट सभामुखका उम्मेदवार बनेका अर्जुनबहादुर थापा निर्बिरोध रुपमा सभामुख बन्ने भएका छन । शनिबार संसद सचिवालयको निर्वाचन कार्यक्रम अनुसार उनले सभामुखमा मनोनयन गरेका छन् । कञ्चनपुरका एमाले जिल्ला अध्यक्ष तथा क्षेत्र नम्बर १ क बाट निर्वाचित तारा लामा तामाङ मुख्य मन्त्री माओवादीको भागमा परेपछि सभामुखको दाबी गर्दै आउनुभएको थियो । तर एकाएक पार्टीले थापालाई सभामुखको बाटो खोलिदिएको छ ।
थापाको प्रस्तावकमा एमालेका सांसद तथा कैलाली अध्यक्ष दीर्घ सोडारी र समर्थक प्रस्तावित मुख्यमन्त्री तथा माओवादी नेता त्रिलोचन भट्ट रहेका छन ।
दिउँसो ३ बजेसम्म थापाका विरुद्ध कसैले पनि मनोनयन नगरेकोले उनी निर्विरोध हुने सम्भावना बढेको हो । संसद सचिवालयका सचिव मुरारी महतका अनुसार मनोनयनको समय सनिवार साझ ५ बजेसम्म थियो ।
नेपाली काङ्ग्रेस स्रोतको अनुसार काङ्ग्रेसले उम्मेदवारी नदिने भएको छ । ६२ वर्षका थापाले आफू सभामुख भए निश्पक्षरुपमा संविधान अनुसार काम गर्ने बताए । थापा बझाङको निर्वाचन क्षेत्र नम्बर १ क बाट प्रदेश सभामा निर्वाचित भएका हुन । इसाझा पत्रीका बाट