प्रदेश ७ का मुख्य मन्त्रीको सपथ आज, पदभार ग्रहण भोलि, निवासको लागेन टुङगो
धनगढी ,कैलाली ।।
प्रदेश ७ का मुख्य मन्त्री त्रिलोचन भट्टको सपथ ग्रहण आज दिउँसो तिन बजे हुने निश्चित भएपनि उहाको निवासको अझै टुङगो लागेको छैन् ।
केहि दिन देखि मुख्य मन्त्रीको निवासका लागी धनगढीका विभिन्न सरकारी कार्यालय तथा निजि भवनको निरिक्षण भएपनि मुख्य मन्त्री भट्टले निवास अत्तरिया माग गरेपछि उहाको निवास खोज्ने काम अनिश्चित बनेको हो ।
अतरियाका केहि निजी घरहरु मुख्य मन्त्रीका लागी हेरिएपनि अझै निश्चित नभएको प्रदेश नम्बर ७ का प्रदेश सचिव लक्ष्मीराम पौड्लले बताउनुभयो ।
मुख्य मन्त्री भट्टले गाँउ तथा पहाड तिरका जनताको माग अनुसार निवास अतरिया माग गरेपछि अहिले अतरियामा निवास खोज्ने काम भएको पौड्ललेको भनाई छ ।
मुख्य मन्त्रीको सपथ ग्रहण कार्यक्रम आज ३ बजे हुनेभएपनि पदभार ग्रहण भन्ने आज शनिबार भएका कारण आईतवार मात्र हुने ७ का प्रदेश सचिव लक्ष्मीराम पौड्लले जानकारी दिनुभयो ।
उहाले मुख्य मन्त्रीको स्वागतका लागी कार्यालयमा तयारी त्रिव पारिएको बताउनुभयो । मुख्य मन्त्री संगै अन्य मन्त्रीको समेत सपथ हुन सक्ने भएका कारण त्यहि अनुसार ब्यवस्था भईरहेको छ ।
मुख्य मन्त्रीको सपथ ग्रहणका लागी प्रदेश प्रमुखको कार्यालयले समेत तयारी त्रिव पारिएको प्रदेश प्रमुखको कार्यालयका उपसचिव हिरालाल चौधरीले जानकारी दिनुभयो ।
आज दिउँसो हुने सपथ ग्रहण कार्यक्रमका लागी आन्तरिक तयारी पुरा भएको चौधरीले जानकारी दिनुभयो । मुख्य मन्त्री संगै प्रदेश नम्बर ७ मा अन्य ३ मन्त्रीहरुको समेत सपथ ग्रहण हुने सम्भावना रहेको छ ।
साभार :- रेडियो धनगढी