प्रदेश ३ को राजधानी हेटौंडा र नाम बागमती - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

प्रदेश ३ को राजधानी हेटौंडा र नाम बागमती



हेटौंडा : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश मुख्यमन्त्री डोरमणि पौडेललाई गोप्य भेटी प्रदेशको नाम र राजधानी राख्नेबारे सुझाव दिएका छन् ।

स्रोतका अनुसार उनीहरूबीच भएको गोप्य बैठकमा पत्रकारले भने प्रवेश पाएनन् । त्यहाँका स्थानीय नेतालाई पनि बैठकमा प्रवेश नदिएको बताइएको छ ।

उक्त भेटवार्तामा प्रचण्डले प्रदेशको राजधानी हेटौंडा र नाम बागमती राख्न आग्रह गरेका छन् ।