प्रचण्डले भने- अब कांग्रेससँग सहकार्य हुँदैन, गठबन्धन छोडेँर आएँ - Himal Post Himal Post
  • १ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 17 2024
Logo

प्रचण्डले भने- अब कांग्रेससँग सहकार्य हुँदैन, गठबन्धन छोडेँर आएँ



काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनमा छलफलको अर्थ नभएको प्रष्ट पारेका छन्।

आइतबार बिहान बालुवाटारमा भएको छलफलमा उनले गठबन्धनको यात्रा टुंगिएको बताएका हुन्।

आइतबार बिहान बालुवाटारमा शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपालको छलफलमा भएको छलफलमा सहमति जुट्न सकेको थिएन।

छलफल निष्कर्षमा नपुगेपछि उनले ‘थप छलफलको कुनै अर्थ छैन, गठबन्धन अब बालुवाटारमै बिसाउँछु’ भनेर निस्किएको एक नेताले बताए।

गठबन्धन कायम राख्नुपर्नेमा शीर्ष नेताहरुको मतैक्य भए पनि गठबन्धनबाट पहिला को प्रधानमन्त्री बन्ने भन्नेमा सहमति जुट्न सकेको छैन।

देउवा र प्रचण्ड दुवै आफूले पहिले सरकारको नेतृत्व गर्न चाहन्छन्। कांग्रेसले राष्ट्रपति पनि आफैंले पाउनुपर्ने बताएको छ।

यसैबीच कांग्रेस नेता रामचन्द्र पौडेलले गठबन्धन ‘ब्रेक’ भएको बताएका छन्। उनले प्रचण्डले गठबन्धन नरहेको जानकारी गराउँदै बाहिरिएको पनि बताए।